back
NMB ad

७.१ रेक्टरको शक्तिशाली भूकम्प लगतै ५ रेक्टरमाथिका २ पराकम्प,उच्च सुरक्षा अपनाउन अपिल !

Kumari bank ad

नेपालमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बार्षिकी स्मरण गरिरहँदा दक्षिण अमेरिकी राज्य चिलीको पश्चिम तटीय क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि राजधानी सान्टियागो तथायल प्रशान्त तटीय क्षेत्रमा उच्च सुरक्षा अपनाउन अपील गरिएको छ ।

भूकम्प चिलीको सदरमुकामबाट १३७ किलोमिटर पश्चिम तथा समुद्री तटबाट २२ किलोमिटर पर१० किलोमिटर मूनि केन्द्र बनाएर गएको अमेरिकी भौगर्विक केन्द्रले जनाएको छ । ‘धक्का छोटो समयका लागि थियो, तर निक्कै शक्तिशाली थियो ।’ भालपाराइसो शहरको उत्तरी क्षेत्रमा रहेको एक क्लिनिककी २६ बर्षीया नर्स पालोमा सलेमोले भनिन् ।

सुनामीको संकेत सुनेपछि मानिसहरु आवश्यक बन्दोबस्तीका सामानसहित बालबच्चाबोकेर पहाडी इलाकातर्फ भाग्न थालिसकेका थिए । उनले भनिन्, तर सुनामीको सम्भावना बिस्तारै कम हुँदै गयो ।

चिलीको जल सैनिक र प्रशान्त महासागरको सुनामी चेतावनी केन्द्रका अधिकारीहरुलले भालपाराइसो शहरमा जारी गरिएको सुनामीको चेतावनी रद्ध गरेका छन् । उनीहरुले भनेका छन् कि यस भूकम्पले खतरनाक सुनामीको सम्भावना छैन, तर १५ सेन्टिमिटर अग्लो पानीको लहर उठ्नेछ ।

भालपाराइसो शहरमा कुनै भौतिक क्षतिको बिवरण आएको छैन । तर त्यहाँका स्थानीय सरकारका एक प्रवक्ताले भने शहरका केहि स्थानमा मोवाइल फोनको नेटवर्क बन्द भएको जनाएका छन् ।

चिलीका आन्तरिक मामिलामन्त्री मारियो फर्नाण्डिजले भने, ‘हामीसँग कुनै पीडितबारेको तथा भौतिक संरचना बिग्रिएकोबारे जानकारी छैन । केहि स्थानहरुमा सुख्खा पहिरो गएको छ तर त्यहाँ कुनै जटिलता छैन ।’ सेन्ट्रल चिलीमा अवस्थित संसारकै सबैभन्दा ठूलो तामा खानीका निर्देशक कोडेल्कोले भूकम्पका कारण कम्पनीको सञ्चालनमा कुनै असर नपरेको जानकारी दिए ।

७.१ म्याग्निच्च्युडको भूकम्पलाई सामान्यतयः शक्तिशाली मानिन्छ र यसले निकै ठूलो नात्रामा क्षति पुर्‍याउन सक्छ । तर यसको प्रभाव सामान्य रहृयो किनकी यसको केन्द्र समुद्रको बीचमा थियो । भूकम्प लगत्तै ५ भ्याग्निच्युडमाथिका दुई पराकम्प गइसकेको र त्यसको महशुस राजधानी सान्टियागोमा पनि गरिएको बताइएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १४:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...