back
NMB ad

भूकम्पपीडितलाई बाँड्ने ट्याक्सिको नयाँ निर्णय हेर्नुहोस्

Kumari bank ad

काठमाडौ। भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई चैत २६ गते १५ सय थान ट्याक्सी वितरण गर्ने भनिएको पूर्व घोषित कार्यक्रम रोकिने भएको छ । यातायात व्यवस्था विभागले चैत २६ गते गोला प्रथाद्वारा ट्याक्सी वितरण गर्ने तयारी गरेपनि स्थानीय निर्वाचनका कारण उक्त कार्य रोकिने भएको हो । ट्याक्सी वितरणका लागि विभागले सबै कार्य पुरा गरेपनि निर्वाचन आचार संहिताको कारण पछि सार्ने तयारी भएको विभागका महानिर्देशक रुपनारायण भण्डारीले जानकारी दिए ।

‘२६ गते गोला प्रथा हुन नसकेको अवस्थामा निर्वाचन पछि दिन तय गरेर ट्याक्सी वितरण कार्य गरिने छ,’ उनले भने ‘ निर्वाचनका कारण उहाँहरूले केही समय कुर्नपर्ने भएको छ । उक्त दिन ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत एक हजार पाँच सय जनाले ट्याक्सी पाउने छन् । सरकारले भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई आजआर्जनमा अग्रसर गराउन तथा स्वरोजगार बनाउन साउन ५ गतेदेखि भदौ २ गतेसम्म ट्याक्सी लिन चाहनेहरूसँग फारम माग गरेको थियो ।

आवेदकमध्येबाट भाग्यसाली एक हजार पाँच सय भूकम्प पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । विभागमा ट्याक्सी नम्बर प्लेट लिनका लागि एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गरएका छन् ।

प्रकाशित मितिः २०७३ चैत २०

वि.सं.२०७३ चैत २० आइतवार १५:२७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...