back
NMB ad

समुदायले संचालन गरेको प्राविधिक शिक्षाले गाउँमै रोजगारी

Kumari bank ad

मोरङ । “रक्तचाप जाँच गर्न स्थानीय स्वास्थ्य क्लिनिकमा जाँदा हाम्रै संस्थामा पढेका स्वास्थ्य सहायक भेटेँ । मैले त ख्यालै गरेको थिइन, उनले नै परिचय दिएर सम्झाए, त्यसबेला निकै गौरव महसुुस भयो ।”

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक विनोद अर्यालसँग प्रतिष्ठानले चलाएका रोजगारमूलक प्राविधिक शैक्षिक कार्यक्रमको सकारात्मक प्रभावका यस्ता उदाहरण धेरै छन् । स्थानीय मङ्गलबारे अस्पतालका ती स्वास्थ्य सहायक प्रकाश दुलाल उर्लाबारीमा सो प्रतिष्ठान नभएको भए सायद गाउँमै प्राविधिक शिक्षा पढेर त्यहीँको समुदायलाई सेवा दिने व्यवसायमा आबद्ध हुन पाउने थिएनन् ।

आत्मनिर्भर सभ्य समाज स्थापनाको दूरदृष्टि बोकेको समुदायस्तरमा स्थापित प्रतिष्ठानबाट स्वास्थ्य सहायक र अन्य प्राविधिक विषयमा उत्तीर्ण विद्यार्थीले स्थानीय बजारमा राम्रै रोजगारी पाएका छन् । नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारीको स्मृतिमा विसं २०५० मा स्थापित सो प्रतिष्ठानले हालसम्म विभिन्न प्राविधिक र व्यावसायिक शिक्षामा हालसम्म करिब आठ सय यस्ता जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रतिष्ठानले मोरङ र झापाका विभिन्न स्थानमा आफ्नै जग्गा र भवन लिई यस्ता शैक्षिक एवम् सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले स्वास्थ्य विज्ञान तथा इन्जिनियरिङ, कृषि विज्ञान तथा पशु स्वास्थ्य, नर्सिङ, प्राविधिक प्रवेशिका शैक्षिक कार्यक्रम सञ्चालन गरेर गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई सुलभ र छात्रवृत्तिमा शिक्षा दिइरहेको छ ।

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका ती कार्यक्रममा करिब दुई सय ५० विद्यार्थी छन् । ती सबै विषयमा स्नातक तहका कार्यक्रम र प्रौद्योगिक विश्वविद्यालय स्थापनाको योजना अघि सारिएको छ ।

प्रतिष्ठानले “आऊ, सिक, काम गर, कमाऊ अनि तिर” र “अर्को मित्रलाई प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर” भन्ने नारा तय गरेर त्यहाँ पढ्न प्रवेश परीक्षामा छानिएकाहरुका लागि अर्थाभावका कारण पढ्नबाट वञ्चित गराउँदैन । कार्यकारी निर्देशक अर्यालका अनुसार ती विद्यार्थीले पढेर जागिर खाएको रकमले कम्तीमा अर्को एक विद्यार्थीलाई आगामी दिनमा पढाउने खर्चको जिम्मा लिएर आफूले निःशुल्क पढ्न पाउँछ । वार्षिक रु १२ करोडको बजेट रहेको प्रतिष्ठानले त्यस्ता लक्षित वर्ग प्राविधिक शिक्षा, शैक्षिक उपहार तथा ऋण कार्यक्रम सञ्चालन गरेको छ ।

यसका लागि खडा गरिएको कोषले सीमान्तकृत, अल्पसङ्ख्यक तथा पछाडि पारिएका आदिवासी, जनजाति, दलित समुदायका सबैभन्दा गरिब लक्षित वर्गलाई घुम्ती ऋण कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थी छनोटको वैज्ञानिक आधार रहेकाले अर्यालले त्यसमा कुनै राजनीतिक पूर्वाग्रह वा भनसुन नहुने उनले स्पष्ट पारे ।

प्रतिष्ठानले सामुदायिक वनमा जडीबुटी लगाउनेसम्बन्धी तालिम पनि दिँदै आएको छ । सोका लागि सिंहदरबार वैद्यखाना, वन विभाग, स्वामी कृष्णदास, मोदनाथ प्रश्रित, सामुदायिक वन राष्ट्रिय उपभोक्ता महासङ्घलगायत संस्था, निकाय र व्यक्तिसँग कार्यशाला गरिसकेको छ ।

प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले उर्लाबारीमा जननेता भण्डारीको सङ्ग्रहालय, जलबगैँचा र उद्यान स्थापना सुरु गरेको जनाउँदै अन्य जिल्लामा पनि नमुना गाउँ र मदनग्राम जस्ता समुदायको जीवनस्तरका लागि प्राविधिक सीप र स्रोतको समुचित परिचालनका कार्यक्रम अघि बढाएको बताए । रासस

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १५:२९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...