Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, चैत्र १४ , २०७३  |  
Monday, March 27, 2017

सेयर बजारका प्राविधिक शब्द नजानेर समस्यामा हुनुहुन्छ ? नेप्सेले ल्यायोे एजुकेशनल वेवसाईट

January 4, 2017

online computer

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले एजुकेशनल वेबसाइट सुरु गरेको छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्तालाई पूँजीबजारका बिषयमा जानकारी दिनका लागि वेबसाइट सुरु गरिएको बताए।

यो वेबसाइटमा सेयर बजारका प्राबिधिक शब्द, धितोपत्र संग सम्बन्धित ऎन नियम र पूँजी बजारका उपकरणको बारेमा जानकारी दिईने छ । यसका लागि नेप्सेले ल्याएको साइट http://nepse.co:8080/nepse/ हो ।

पराजुलीका अनुसार धेरै लगानीकर्ताले हकप्रद सेयर, अग्राधिकार सेयर, चुक्ता पूँजी, जारी पूँजी लगाएतका बिषयमा जानकारी नभएर सेयर बजारमा लगानी गर्न समस्या परेको गुनासो गरेकाले नेप्सेले एजुकेशनल वेबसाइट बनाएको हो ।

वेबसाइटले लगानीकर्तालाई पूँजीबजारसँग सम्बन्धित बिषयको जानकारी दिने छ । अहिले वेबसाइट परिक्षणको क्रममा रहेको र भबिष्यमा पूँजी बजारमा बिषयको दिईने जानकारी बढाउदै जाने योजना रहेको नेप्सेले जनाएको छ ।

२० पुस २०७३, ११।००

krishna prasad bastola
January 5, 2017 at 6:32 am

मलाई धेरै बिस्वास छ यो वेबसाइट म

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु