back
NMB ad

किनीदेउ न साइला दाई ! (हेर्नुहोस् भिडियो)

Kumari bank ad

काठमाडौ ।भदौ १६ गतेबाट अल नेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर–२’ को दोस्रो गीत सार्वजनिक भएको छ । किनीदेउ न साइला दाई बोलको गीतमा साधना सरगमको स्वर र बसन्त सापकोटाको शब्द–संगीत सुन्न सकिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ठुम्का लगाएकी छिन् । मारुनी फ्लेवरको गीतमा नायिका साम्राज्ञीलाई नेपाली मौलिक कला तथा संस्कृती झल्कने पहिरनमा निकै सुन्दर देखिएको छ । यसअघि फिल्मको कसम हो बोलको गीत सार्वजनिक भएको थियो ।

नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्। फिल्मलाई सन्जय लामाले खिचिरहेका छन्। बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। यो चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व. शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।

भिडियो हेर्न रातो अक्षरको लिंक खोल्नुहोस् किनीदेउ न साइला दाई

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १७:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...