back
NMB ad

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने

Kumari bank ad

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताए ।

उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा (विष्ट)ले जानकारी दिए । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्लगायतका योजना पु¥याउने गरी निर्णय पारित भएको बताए । रासस

प्रकाशित मितिः २०७४ भदौ १८

वि.सं.२०७४ भदौ १८ आइतवार १३:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...