back
NMB ad

बाम गठबन्धनको तीन र लोकतान्त्रिकको एक स्थानमा विजयी घोषणा

Kumari bank ad

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।

पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।
त्यस्तै पूर्वि रुकुमबाट माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् । रोकाले निकटतम प्रतिस्पर्धि काँग्रेसका हरिशंकर घर्तिमगरलाई ठुलो मतान्तरले पछि पारिन् । रोकाले १०४३४ मत प्राप्त गरेकी छिन् भने घर्तिमगरले ४४०६ मत प्राप्त गरेका थिए ।

मुस्ताङबाट पनि नेकपा एमालेका इन्द्रधरा विष्ट विजयी भएका छन् । प्रदेश सभा (क) बाट विष्टले काँग्रेसका मिंगुर गुरुङलाई पराजित गरेका हुन् । विष्टले ११६७ मत ल्याएर विजयी बने भने गुरुङले ६५७ मत प्राप्त गरेका थिए ।
मनाङ– स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङ्गे) पनि मनाङ प्रदेश सभा (ख) बाट विजयी भएका छन् । गुरुङले १४१० मत प्राप्त गरेका चन भने काँग्रेसका कर्म गुरुङले १०२० मत प्राप्त गरेका थिए ।
मनाङबाटै काँग्रेसले पनि खाता खोलेको छ । काँग्रेसका चिन्तबहादुर घलेले ९९८ प्राप्त गरेका छन भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०७:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...