Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

देश प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मोडमा

October 31, 2016

nepal

काठमाडौ। नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो ।

शुभदिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले प्रेस विज्ञप्ति जारी गरि नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।

नेपाल सम्वत् ११३७ को शुभकामना –अध्यक्ष वैद्य

यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपाल संवत् ११३७ नयाँ वर्ष प्रारम्भ भएको सुखद अवसरमा शुभकामना दिएका छन् ।

अध्यक्ष वैद्यले शुभकामना सन्देश जारी गर्दै देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना दिएका हुन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १५

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु