back
NMB ad

चुनावी चहलपहल यसरी बढ्यो

Kumari bank ad

दाङ। निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ ।

गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपालगायतका सैब दलले चुनावी तयारीअन्तर्गत घरदैलो, विभिन्न समिति गठनदेखि जनतालाई जगाउने काममा लागेका छन् ।

बीस वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय समाजसेवी दलवीर वलीले बताए । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्था अन्त्य हुने, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने बृद्ध रामबहादुर केसीको भनाइ छ ।

“स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बताए ।

सभापति खड्काले स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेको बताए । त्यसैगरी नेकपा (एमाले) ले पनि चुनावी अभियानमा लागिसकेको जिल्ला अध्यक्ष टीकाराम खड्काको भनाइ छ । “हामीहरुले घरदैलो कार्यक्रम सुरु गरिसकेको छौँ चुनावका लागि जनतालाई जगाउने काम सुरु गरेका छौँ ” उनले भने “विभिन्न स्थानमा कार्यकर्ता भेटघाट भ्रातृ सङ्घ सङ्गठनको गठन र प्रशिक्षण कार्यक्रम सुरु भइसकेको छ । ”

नेकपामाओवादी केन्द्रले पनि चुनावको तयारीका लागि विभिन्न स्थानमा भेटघाट, सङ्गठन विस्तारमा लागेको जनाएको छ । त्यस्तै राप्रपा पनि चुनावको तयारी गरेको उल्लेख गरेको छ ।
राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले दुई पार्टीको एकतापछि विभिन्न तहमा सङ्गठन निर्माणमा लागेको र चुनावको तयारीमा पार्टी होमिएको बताए । हाल जिल्लाका विभिन्न स्थानमा चियापसल चौतारीमा समेत चुनावको वारेमा चर्चा परिचर्चा हुने गरेको छ ।

प्रकाशित मितिः २०७३ फागुन १९

वि.सं.२०७३ फागुन १९ बिहीवार १५:५१ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...