back
NMB ad

लाइन काटिन थालेपछि धमाधम बक्यौता रकम तिर्दै

Kumari bank ad

नेपाल विद्युत् प्राधिकरणले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि धमाधम सङ्कलन हुन थालेको छ ।

प्राधिकरण धनगढी शाखाले लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै १९लाख रुपैंया बक्यौता रकम सङ्कलन भएको शाखाका लेखा  प्रमुख गोविन्द ढकालले जानकारी दिएका छन् ।
एक हप्तायता ३० लाख बक्यौता भएकामा १३० ग्राहकको विद्युत् लाइन काटिएपछि ८१ ग्राहकले बक्यौता रकम बुझाई पुनः बिजुली लाइन जोडेको उनले जानकारी दिए । प्राधिकरणले ‘मिटर रिडिङ’ भएको मितिले दुई महिनासम्म पनि महसुल नबुझाउनेको बिजुलीको लाइन काटदै आएको छ ।  प्राधिकरणको धनगढी वितरण केन्द्रअन्तर्गत मात्रै गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल १० करोड ३३ लाख ७४ हजार बाँकी बक्यौता पुगेकामा सबैभन्दा बढी सडक बत्तीको चार करोड ४९ लाख दुई हजार ३८६ रुपैंया छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५÷६६ सम्मको सडक बत्तीको हिसाब मिलान गरेपनि त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बक्यौता बढेको बताइएको छ । सडक बत्ती पछि व्यापारी वर्ग र उद्योग क्षेत्रको बक्यौता रकम बढी छ । धनगढी वितरण केन्द्रअन्तर्गत लामो समयसम्म महसुल नबुझाएर कालोसूचीमा पर्ने ३७५ ग्राहकको गत आर्थिक वर्षको अन्त्यसम्ममा बक्यौता झन्डै ३६ लाख ३७ हजार पुगेको थियो ।
प्रकाशित मितिः २०७३ भदौ १३

वि.सं.२०७३ भदौ १३ सोमवार १९:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...