back
NMB ad

बैशाखमै विद्युत उत्पादन बढ्यो

Kumari bank ad

काठमाडौ । नदीमा पानीको बहाव बढेसँगै राष्ट्रिय प्रसारणमा जडित आयोजनाहरूका विद्युत उत्पादन बढ्न थालेको छ । हिउँदमा ८० प्रतिशतसम्म उत्पादन घटेका विद्युत् आयोजनाहरूबाट हाल साँझ–बिहान पूर्ण क्षमतामा उत्पादनमा हुन थालेको छ । ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन माघ–फागुनमा औसतमा २८ मेगावाटसम्म झरेको थियो । आयोजनाले कम्तीमा २० मेगावाट उत्पादन गरेको थियो ।

हाल बढेर औसत ४० मेगावाट विद्युत उत्पादन हुन थालेको मध्यमस्र्याङदी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताए । उनका अनुसार साँझबिहानको समय पूर्ण क्षमता (७० मेगावाट) विद्युत उत्पादन हुँदै आएको छ । ‘हिउँ र पानी परेका कारण नदीमा पानीको बहाव बढ्यो । विद्युत उत्पादन पनि बढदै गयो,’ उनले भने ।

यसै आर्थिक वर्षदेखि विद्युत उत्पादन थालेको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजना पनि साँझबिहान कहिलेकाहीँ पूर्ण क्षमतामा उत्पादन हुन थालेको छ । आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीका अनुसार हिउँदको समय २५ मेगावाटसम्म उत्पादन झरेकामा हाल बढेर ४० मेगावाट पुगेको छ । ‘२÷३ सातादेखि विद्युत् उत्पादन बढ्दै गएको छ,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार जिल्लामा सानाठूला ७ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएका छन् । यसको कुल क्षमता १३५.५८ मेगावाट छ । प्राधिकरणका इन्जिनियर सचेन्द्रकुमार कर्णका अनुसार हाल ८८.१७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । हिउँदको समय ६५ मेगावाटसम्म विद्युत् उत्पादन झरेको थियो । हिमनदी भएकाले मस्र्याङ्दीको पानी प्रयोग हुने आयोजनामा उत्पादन बढेको छ । खहरे खोलाको पानी प्रयोग भएका साना आयोजनाको उत्पादन धेरै बढेको छैन ।

कुल १५.५८ मेगावाटका साना आयोजनाबाट हाल ६.१७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ‘यसपटक हिउँदयाममा ५ मेगावाटसम्म झर्‍यो,’ उनले भने, ‘गत वर्ष ४ मेगावाटसम्म झरेको थियो ।’ जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको खुदी, ४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङी र १८३ किलोवाटको स्याँगे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएका छन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १६:०० मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...