back
NMB ad

भारतबाट ३५ मेगावाट थप बिजुली ल्याउने तयारी

Kumari bank ad

नेपाल विद्युत प्राधिकरणले कुशाहा–कटैया १३२ केभी प्रसारण लाइनबाट करिब ३५ मेगावाट बिजुली ल्याउने प्रक्रिया अघि बढाएको छ । सुख्खायामभरी लोडसेडिङ नगर्ने लक्ष्यअनुसार थप बिजुली ल्याउने तयारी गरिएको हो ।

आन्तरिक काम सकेर बिजुली उपलब्ध गराइदिन प्राधिकरणले भारतलाई पत्राचारसमेत गरेको छ । विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न गठित नेपाल–भारत चौथो सचिवस्तरीय संयुक्त बैठकको निर्णयअनुसार बिजुली किन्न प्रस्ताव पठाइएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘भारतको एनटिपिसी कम्पनीलाई पत्राचार गरिएको छ, उसले नेपालमा बिजुली बेचिरहेको एनभिभिएनमार्फत प्राधिकरणलाई जानकारी गराउनेछ,’ उनले भने, ‘त्यसपछि मात्र कुन दरमा, कति बिजुली ल्याउने वा कति अवधिसम्म ल्याउने भन्ने स्पष्ट हुन्छ ।’ एनभिभिएन वा अर्को कम्पनीले बेच्ने भन्ने विषय पनि भारतले नै निर्णय गर्ने उनले बताए ।

प्राधिकरणले अहिले सञ्चालनमा रहेको कुशाहा–कटैया १३२ केभी लाइनबाट १ सय ३० मेगावाटसम्म बिजुली किनिरहेको छ । यहाँबाट थप १० मेगावाट ल्याउन सकिने र अर्को लाइनबाट ३५ मेगावाट उपलब्ध भए तराई क्षेत्रलाई ठूलो राहत पुग्ने अधिकारीले बताए । नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनीबाट प्राधिकरणले बिजुली आयात गरिरहेको छ ।

प्राधिकरणले अहिले उच्च माग हुँदा भारतबाट ३ सय ८५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । ३५ मेगावाट थपिएपछि आयातको परिमाण ४ सय २० मेगावाट पुग्नेछ । यो केन्द्रीय प्रसारण प्रणालीमा जडित बिजुलीको झन्डै आधा हो ।

प्रकाशित मितिः २०७३ फागुन २४

वि.सं.२०७३ फागुन २४ मंगलवार १६:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टरवाइनको परीक्षण अन्तिम चरणमा   

वि.सं.२०८० चैत १५ बिहीवार १२:५६

ज्ञानेन्द्र न्यौपाने     रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु   

वि.सं.२०८० चैत १५ बिहीवार १२:४४

अच्युत रेग्मी काठमाडौँ, १५ चैत : गत फागुन २३ गते...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

वि.सं.२०८० चैत १५ बिहीवार १२:३७

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र...