back
NMB ad

केन्द्रिय ग्रीडमा ८० मेगावाट बिजुली थपिंदै, एक महिनापछि २५० मेगावाट थपिने !

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन लाग्ने भएपछि प्राधिकरणले वैकल्पिक उपाय गरेर सो परिमाणको विद्युत् आयात गर्न लागेको हो ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेर थप ८० मेगावाट विद्युत् आयात गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तालिकाअनुसार थप विद्युत् आगामी पुस २१ गतेसम्म नेपालको केन्द्रिय ग्रीडमा जोडिनेछ ।

उक्त कार्यका लागि पावर ग्रीड इन्डियाले भारतको मुजफ्फरपुर सवस्टेसनमा नेपालका लागि थप विद्युत् उपलब्ध गराउन २२०÷१३२ केभी प्रसारण लाइनमा थप १०० एमभीएको ट्रान्सफर्मर जडान गर्न लागेको जानकारी प्राप्त भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।     नयाँ ट्रान्सफर्मर जडान गर्न विद्यमान १०० एमभीएको ट्रान्सफर्मरको समानान्तर रुपमा नै नयाँ कन्डक्टर जडान हुने भएकाले आजदेखि लागू हुने गरी यही मङ्सिर ३० गतेसम्म भारतीय समयअनुसार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म विद्युत् कटौती हुने प्रवक्ता अधिकारीले बताए ।

दुई दिन हाल उपलब्ध भइरहेको ८० मेगावाट विद्युत्समेत दिनभर कटौती हुने छ । त्यसबाट परवानीपुर, वीरगन्ज, सिमराको ६६ केभी र औद्योगिक ग्राहकको ११ केभी प्रसारण लाइनमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

कुल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरेर आयात भइरहेकामा थप विद्युत् आयात गर्न भारत तर्फबाटै २२०÷१३२ केभीमा चार्ज गर्नसमेत उक्त सवस्टेसनमा समानान्तर रुपमा नयाँ ट्रान्सफर्मर जडान गर्न लागिएको जानकारी प्राधिकरणलाई आएको प्रवक्ता अधिकारीले बताए ।

ढल्केबरमा निर्माण भइरहेको सवस्टेसन सम्पन्न हुन अझै एक महिना लाग्ने भएकाले वैकल्पिक उपाय प्रयोग गरेर भएपनि सुक्खायामको माग धान्ने गरी विद्युत् आयात गर्न लागिएको हो ।

ढल्केबरमा सवस्टेसन निर्माण सम्पन्न भएपछि २५० मेगावाट विद्युत् सोही प्रसारण लाइनबाट आयात गर्ने योजनामा प्राधिकरण रहेको छ । “तत्कालका लागि वैकल्पिक उपाय अपनाउन लागिएको हो, त्यसले मुलुकको माग धान्न सहयोग पुग्नेछ”–प्रवक्ता अधिकारीले भने । प्राधिकरणले दुई दिन विद्युत् कटौती हुँदा पर्ने समस्याप्रति माफी माग्दै निरन्तर विद्युत् आपूर्ति गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

यस्तै रक्सौल परवानीपुर, कुशाहा कटैया प्रसारण लाइनबाट समेत थप ५०÷५० मेगावाट विद्युत् आयातको अन्तिम तयारी भइरहेको छ । तर परवानीपुरमा स्थानीय राजनीतिक दलले गरेको अवरोधसमेत गृह मन्त्रालयले हटाउने भएको छ ।

यस्तै प्राधिकरण र भारतका उच्च अधिकारीले स्थलगतअध्ययन गरिएको टनकपुर सवस्टेसनमा समेत नयाँ ट्रान्सफर्मर जडानका लागि काम सुरु हुने भएको छ । हाल सो प्रसारण लाइनबाट २५ मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ ट्रान्सफर्मर जडान भएपछि थप ३० मेगावाट विद्युत् आयात हुने प्राधिकरणले जनाएको छ ।

हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ भने भारतबाट आयात गरिएको र आन्तरिक उत्पादन समेत जोड्दा करिब ८८६ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । नदीमा जलस्तर घटेको र चिसो बढेका कारण सबै आयोजनाले भने पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न भने छाडेको छ । विद्युत्भार कटौतीलाई अन्त्य गर्न समेत भारतबाट तत्काल विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

प्रकाशित मितिः २०७३ मंसिर २८

वि.सं.२०७३ मंसिर २९ बुधवार ०१:४० मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...