back
NMB ad

अब बिहान बेलुकाको पिक आवरको बिजुली महंगो पर्ने ?

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकर्षित गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा संकट निवारणतर्फ अघि बढेकाले लगानी कर्तालाई ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) हुने जलविद्युत् आयोजनाको नयाँ दर निर्धारण भएको छ ।

राजधानीमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै घिसिङले यसले विदेशी लगानीकर्तालाई हाइड्रोमा लगानीका लागि सहज भएको बताए ।

घिसिङले अहिले प्रतिब्यक्ती विद्युत खपत दर १३० युनिट मात्रै रहेको र त्यसलाई २ हजार पुर्‍याउन सम्क्ने सम्भावना नेपालभित्रै रहेको बताए । उनले अहिले ऊर्जाको समस्या रहेपनि २ वर्षपछि नेपाल विजुली निर्यातका लागि तयारी गर्ने अवस्थमा पुग्ने पनि बताए ।

उनले विजुलीमा लगानी आकषिर्त गर्न नयाँ नीतिहरु ल्याउन सरकार तयार रहेकाले प्राधिकरणले पनि त्यसैअनुरुप योजना बनाइरहेको उल्लेख गरे ।

‘प्राधिकरणले अहिले २४ घण्टाकै विजुलीको मूल्य एकैनासले तोकेको छ । अब विहान–बेलुकाको पिक आवरमा खपत भएको विजुलीको मूल्य र कम खपत हुने समयमा प्रयोग हुने विजुलीको मूल्य फरक राख्नुपर्ने अवस्था छ’ घिसिङले भने,ऊर्जाको ब्यवस्थापनका लागि हामीले अहिले गरेका प्रयासमा थप प्रयासहरु पनि आवश्यक छन् ।’

यसले पनि सस्तो हुने समयमा धेरै विजुली खपत गर्ने संस्कार बस्ने र पिक आवरमा कम विजुली खपत हुने उनले बताए । यसबाट लगानीकर्ताले समेत लाभ लिन सक्नेछन् ।

अन्तर्राष्ट्रिय रुपमा पनि धेरै माग र खपत हुने समयमा विजुलीको मूल्य केही महंगो र अन्य समयमा सस्तो गर्ने अभ्यास छ । यसले विजुलीको ब्यवस्थापनमात्रै मात्रै नभएर उपभोक्ताको विजुली उपभोग शैलीमा पनि परिवर्तन ल्याउँछ ।

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १४:५८ मा प्रकाशित

You can share this post!

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...