back
NMB ad

प्राधिकरण भन्छ,बिद्युत् आपूर्तिमा यसरी भयो समस्या !

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनपुग्यो ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिएका छन् ।

प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो समस्याका कारण चाबहिल, भक्तपुर, बनेपा, पाटन, स्युचाटारलगायतका फिडरसहित अन्य स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने बताएका छन् ।

सो समस्याका कारण २० मेगावाट बराबरको विद्युत् आपूर्तिमा समस्या आएकाले प्राधिकरणले क्षमायाचना समेत गरेको र केही समयभित्रै समस्या समाधान हुने समेत उनले जानकारी दिए ।

प्रकाशित मितिः २०७३ पुस २४

वि.सं.२०७३ पुस २४ आइतवार १३:५७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...