back
NMB ad

नेपालको ऊर्जा क्षेत्रमा ४५ अर्ब ८० करोड लगानी गर्दै भारत

Kumari bank ad

काठमाण्डौं । भारतले नेपालमा ऊर्जा उत्पादनका लागि मात्र रु ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएको छ । भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा रु ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको हो ।

लगानी गर्न स्वीकृति प्राप्त गरेका ६३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा रु ४२ करोड, ७० लाख, निर्माणमा रु एक अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा रु १७ अर्ब ५१ करोड ७० लाख लगानी रहेको छ ।

त्यस्तै खनिजमा रु दुई अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा रु १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा रु एक अर्ब ९७ करोड ५० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ । वि.सं २०७३ वैशाख मसान्तसम्म स्वीकृत पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुनेछ ।

२७ जेठ २०७३, ११.००

वि.सं.२०७३ जेठ २७ बिहीवार १३:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...