Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017

५८ जना बिधुत् चोरलाई कारबाही

November 3, 2017

Electricity

राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही गरेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारीअनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत रु तीन लाख ३१ हजार ७५६ राजश्व असुली समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणका कर्मचारीको संयुक्तरुपमा खटिएको अनुगमन टोलीले ३२ थान पानी तान्ने मोटर, १० थान टिभी, पाँच थान स्टेप्लेजर, तीन थान पंखा र एक थान फ्रिज समेत बरामद गरेको छ । दीपावली र छठ सकिएपछि पुनः विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले काम थालेको प्रमुख साहले बताए । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १७

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु