back
NMB ad

बिहीबारबाट उपत्यकामा ऊर्जा सम्मेलन हुँदै, प्रधानमन्त्रीले गर्नेछन् विशेष सम्बोधन

Kumari bank ad

ठमाण्डौँ । आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही मङ्सिर ३० गतेदेखि आगामी पुस १ गतेसम्म दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गर्ने भएको छ ।

सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, विभिन्न देशका जलस्रोतविज्ञ, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहने हिजो सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश हजार मेगावाट जलविद्युत् उत्पादनको विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए।

सम्मेलनलाई ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विशेष कार्यपत्रसहित सम्बोधन गर्ने कार्यक्रम छ । दश हजार मेगावाट लक्ष्यलाई कसरी दिगो बनाउने सम्बन्धमा समेत छलफल हुने अध्यक्ष विष्टले बताए।

आन्तरिक लगानी, वैदेशिक लगानी एवम् वित्तीय व्यवस्थापन सन्दर्भमा समेत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्तित्वबाट कार्यपत्र प्रस्तुत गरिनेछ । ऊर्जा सुरक्षाको अवधारणा, विद्युत् माग एवम् आपूर्तिको विश्लेषण जस्ता विषयमा समेत छलफल हुनेछ ।

सरकारले गत वर्ष फागुन ६ गते ९९ बुँदे कार्ययोजनासहित दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जा सङ्कटकाल घोषणा गरेर ऊर्जा क्षेत्रमा महत्वपूर्ण लगानी जुटाउने घोषणा गरेको थियो ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५०० जनाको सहभागिताको अपेक्षा गरिएको महासचिव कुमार पाण्डेले जानकारी दिए । पत्रकार सम्मेलनमा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्न जलाशययुक्त आयोजनाको तत्काल विद्युत् खरिद सम्झौताको दर कायम गर्न माग गरिएको थियो ।

२८ मंसिर २०७३, रासस, ४।००

वि.सं.२०७३ मंसिर २८ मंगलवार २२:२६ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...