back
NMB ad

इंग्लिस प्रिमियर लिगःलिभरपुलको शानदार जित

Kumari bank ad

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो ।

निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरे ।

फिरमिनोले १७ तथा मानेले ४० औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–० को अग्रता लियो । दोस्रो हाफमा पनि आर्सनलले थप दुई गोल खायो । ५७ औं मिनेटमा सालह तथा ७७ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुलको ४–० को जित पक्का गरे । आर्सनलले खेलमा फर्किने केही प्रयास गरेको थियो । तर त्यो सार्थक हुन सकेन ।

लिगका तीन खेलमा आर्सनलले दुई खेल गुमाएको छ । तीन खेलमा दोस्रो जित दर्ता गरेको लिभरपुलको सात अंक भएको छ भने आर्सनलको मात्रै तीन अंक छ ।

प्रकाशित मितिः २०७४ भदौ १२

वि.सं.२०७४ भदौ १२ सोमवार १३:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...