तपाई बेरोजगार हुनुहुन्छ । तपाईलाई उद्यमी बन्न मन लागेको छ । अथवा अरुलाई पनि रोजगारी दिने हिसाबले सोचिरहनुभएको छ । यदि त्यसो हो भने तपाईको इच्छामा सरकारले पनि सहयोग गर्ने हो कि भन्ने दिन आए । किनकि उद्यमी बन्न चाहने को–को रहेछन् भनेर सरकारले ७५ जिल्लाबाट निवेदन माग गर्ने भएको छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले यसै भने । मन्त्री जोशीले भने– “अब ७५ वटै जिल्लामा उद्यमी बन्न चाहनेका लागि निवेदन माग गरेर कार्यक्रम सार्वजनिक गर्दैछु ।”
जोशीका अनुसार अब देशका कुनै पनि युवाले बेरोजगार बस्नु पर्दैन । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले बिपी कोइरालाको १०२ औँ जन्म जयन्तीको अवसर पारेर गरेको कार्यक्रममा उद्योगमन्त्री जोशीले सबै नेपालीलाई रोजगार बनाउने बताएका हुन्।
देशभरका महिलाले उद्यमी बन्न २०÷२० जना महिलाको समूह बनाएर आएमा बिना धितो ऋण दिएर महिलालाई उद्यमी बनाउने कार्यक्रम समेत ल्याउन लागेको उनले जानकारी गराए ।
उक्त अवसरमा मन्त्री जोशीले सम्मान गर्दै स्थानीय पूर्णबहादुर परियार दम्पतीलाई लुगा सिलाउने मेसिन प्रदान गरेका थिए ।
प्रकाशित मितिः २०७३ भदौ २५
वि.सं.२०७३ भदौ २५ शनिवार १३:४१ मा प्रकाशित