back
NMB ad

कोरीयाली भाषा परिक्षामा सामेल हुने विवरण सच्याउनु पर्नेछ ? त्यसोभए यो पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ। दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।

तर, आगामी जेठ २७ र २८ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन साढे ७५ हजार बढीको आवेदन परेको छ ।

अहिले आवेदन रुजु गर्ने काम भइरहेको इपीएस कोरिया शाखाले जनाएको छ । गत वर्ष ६० हजार परीक्षार्थी सहभागी भएका । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ ।

‘गतवर्षभन्दा यो वर्ष १५ हजार बढीको आवेदन परेको छ’ इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।

यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।

कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको भण्डारीले बताए ।

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

उनले चैत २०देखि अनलाइन आवेदनमा कुनै गल्ति भए सच्याउन सकिने गरी २५ गतेसम्म सुनुवाईको ब्यवस्था गरिएको बताए ।

‘अनलाइन आवेदन दिँदा कुनै विवरण गल्ती भएको भए फोनमार्फत नै सच्याउन सकिनेछ ‘ उनले भने, ‘एमहापी र फोटो एट्याच गर्न छुटेको भए हाम्रो ग्वार्कोस्थित कार्यालयमा आएर बुझाउन सकिनेछ ।’

उनले ५ दिनसम्म टेलिफोन नम्बर ०१–५१८६३४९ मा कल गरेर आवदेकको विवरण सच्याउन सकिने बताए ।

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १४:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...