back
NMB ad

कोरियाले माग्यो कामदार, भाषा पास गरेर बसेकाहरू जान पाउने

Kumari bank ad
काठमाडौं । दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारताले ईपीएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरूले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरू लामो समयदेखि जाने समयको प्रतीक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ ।
सन् २०१६ का लागि पहिलो चरण (फस्ट लट) मा कामदार पठाउन सोमबार लेबर कन्ट्याक्ट आएको हो । सोमबार कृषि क्षेत्रमा काम गर्न जानेको सहमतिपत्र (कन्ट्याक्ट) आएको छ । मंगलबारदेखि उत्पादनमूलक क्षेत्रमा लिने कामदारको सहमतिपत्र रोजगारदाताले पठाउन थाल्नेछन् । रोजगारदाताको स्वीकृतिपत्र आएको एक महिनाभित्रै पहिलो लटका कामदार कोरिया पठाइनेछ ।
ईपीएस कोरिया शाखाका अनुसार पहिलो लटमा करिब दुई हजार जना युवा काम गर्न कोरिया जानेछन् । रोजगारदाताले रोस्टरबाट छानेकाहरूलाई भैंसेपाटीमा एक साताको अभिमुखीकरण तालिम दिइने छ ।
मंगलबारदेखि नै तालिमको प्रक्रिया सुरू हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । पहिला कृषि क्षेत्रमा काम गर्न जानेलाई तालिममा सहभागी गराइनेछ । त्यसपछि उत्पादनमूलक क्षेत्रमा जानेको पालो आउनेछ । रोजगारदाताबाट छनोट भएका व्यक्तिलाई नेपालमा पनि ईपीएस शाखाले एग्रिमेन्ट पेपरमा हस्ताक्षर गराउनेछ ।
यस वर्ष आठ हजार चार सय ९० जनाले भाषा परीक्षा पास गरेकामा कृषिका जम्मा २५ सय जना छन् । बाँकी सबै उत्पादनमूलक क्षेत्रका हुन् । कृषि क्षेत्रमा काम गर्न जानेको डिमान्ड निकै कम आउने गरेको छ । कृषिमा काम गर्न पनि तुलनात्मकरुपमा गाह्रो छ ।
सन् २०१३ मा भाषा परीक्षा पास गरेका करिब एक हजार जनाले जान पाएका छैनन् । उत्पादनमूलक क्षेत्रमा भने कामदारको डिमान्ड निकै बढी छ । यो क्षेत्रमा काम गर्न जानेको संख्या बढी छ ।
अन्नपुर्ण
४ फागुन २०७२

वि.सं.२०७२ फागुन ४ मंगलवार ०७:३४ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...