back
NMB ad

यस कारण चार सय परीक्षार्थीको इपिएस परीक्षा छुट्यो

Kumari bank ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत आज पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको छ ।

एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी रहेकामा ४०० को परीक्षा छुटेको हो ।

वैदेशिक रोजगार विभाग, इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले मानवसंशाधन कोरियासँगको सहमतिमा छुटेका परीक्षार्थीलाई यथाशक्य छिटो परीक्षा दिने व्यवस्था मिलाउन आवश्यक पहल भइरहेको जानकारी दिए ।
उनले भने “हामीले जेठ १९ गते परीक्षा केन्द्रको सूचना जारी गर्छौं भनेका थियौँ, तर १८ गते नै वेबसाइटमा राख्यौँ, सो परीक्षा केन्द्रको विवरण केही फरक परेपछि लगत्तै सच्यायौँ । तर परीक्षार्थीले पुरानै तालिका हेरेर गएछन् ।”

परीक्षामा ७५ हजार ५८० जनाले आवेदन दिएकामा आज शनिबार राजधानीको २६ वटा केन्द्रमा ३७ हजार बढीले भाषा परीक्षामा सहभागी भए । बाँकीले आइतबार परीक्षा दिनेछन् । बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा भइरहेको छ ।

भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तीर्ण हुनेछन् । जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् ।

एकाउन्न हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् । परीक्षाका लागि कोरियाबाट परीक्षा सञ्चालक ५५ जनाको टोली आएको छ ।

यसैबीच इपिएस परीक्षा दिनका लागि गएका पिनाकल कलेज, लगनखेल सेन्टरबाट तीनजना, लिटिल एञ्जल कलेज सेन्टरबाट एकजना र एसियन कलेज खुमलटार सेन्टरबाट एकजना गरी पाँचजना नक्कली परीक्षार्थीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
२८ जेठ २०७४

वि.सं.२०७४ जेठ २८ आइतवार ०८:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...