back
NMB ad

के फरक पर्ला अब ? आजबाट नेपालमा युरो–४ स्ट्याण्डर्डको तेल

Kumari bank ad

काठमाडौ । नेपालमा औपचारिक रूपमै युरो–४ स्ट्यान्डर्ड डिजेल–पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो–फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो ।

यसअघि नेपालमा भारतबाट युरो–थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो–फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

आलय निगमका प्रवक्ता सीतारम पोखरेलले आजबाट यूरो मापदण्डको तेत बिक्री सुरु भएको बताए । उनले यूरो मापदण्डको तेल बिक्री सुरु भएपनि मूल्य नबढ्ने स्पष्ट गरे ।

‘उपभोक्तालाई गुणस्तरीय तेल दिएपनि मूल्य बढ्दैन’,पोखरेलले भने, ‘अब यूरो फोर गुणस्तरको तेलले उपभाक्तालाई लाभ मिल्नेमा हामी विश्वस्त छौं ।’

भारतले सन् २०२० बाट युरो–सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो(फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो–फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवारीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।

युरो–फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।

यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ । महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ५० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १५:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...