back
NMB ad

फुटबल फ्यानले मैदानमा आगो फ्याँकेपछि….

Kumari bank ad

पेरिस । यो पटकको युरोकपमा फुटबल समर्थकहरुको हुलदङ्गा र कुटाकुटले दैनिकजसो स्थान लिइरहेको छ। फ्रान्समा जारी युरो कप २०१६ इङ्ल्याण्ड र रसियाबिचको खेलका समर्थकहरुको उच्छृङ्खल कार्य गरेको भन्दै युएफएले रसियाली समर्थकलाई फ्रान्स प्रवेशमा रोक लगाएर प्रतियोगिताबाट निस्कासन गर्ने चेतावनी दिइरहेका बेला क्रोएशियाका समर्थकले त्यस्तै हर्कत दोहोर्‍याएका छन्।

गए राति सेन्ट इटिनीमा सम्पन्न खेलमा चेक गणतन्त्र र क्रोएसिया एक आपसमा प्रतिस्पर्धामा थिए। खेलमा अधिकाशं समय हाबी भएको क्रोएसियाले ३८ औं मिनेटमा इभान पेरिसिक  र राकिटिले ५९ औं मिनेटमा एक एक गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। खेलको अन्तिम १४ मिनेट सम्हालिन नसक्दा  क्रोएसिया चेक गणतन्त्रसँग अकं बाढ्न बाध्य हुन पुग्यो।

खेलको ७४ औ मिनेटमा गोल गर्दै स्कोडाले गोल अन्तर २–१ झारेका थिए । ८६ औं मिनेटमा क्रोएसियाली समर्थकहरुले खेल मैदानमा फ्लेयर्स फ्याँक्न थालेपछि रेफ्रीले खेल रोक्ने निर्णय गर्नु परेको थियो। करिब ३ मिनेट खेल अवरुद्ध हुनपुग्यो। त्यसपछि सुरु भएको दंगामा दुई देशबीचका समर्थकहरु एक आपसमा भिडेका थिए। क्रिएशियाका समर्थकले प्रहार गरेको आगो फ्लेयर्स अफिसियललाई लक्ष्यित गरी प्रहार गरिएका थिए। मैदानमा आगोको  इङ्लीस रेफ्री मार्क क्लानटकर्गले खेल स्थिगत गर्दै खेलाडीहरुलाई मैदान बाहिर नकालेका थिए।

समर्थकको हुलदंगा केही साम्य भएपछि सुरु भएको खेलको अतिरिक्त समयमा चेक खेलाडीले प्रहार गरेको फ्रिकि क्रोएशियाली खेलाडी भिडाको हातमा लाग्न पुगेको थियो। त्यसपछि रेफ्रीले चेकलाई पेनाल्टी दिएका थिए। खेलको अन्तिम समयमा पाएको मौकामा चेक खेलाडी निसिडले गोल गर्दै टोलीलाई २–२ को बराबरीमा ल्याएका थिए।

क्रोएसियाली प्रशिक्षक एन्टि क्यारिकले खेलका क्रममा मैदानमा आगो फ्याँक्नेहरु फुटबलप्रेमी नभई ‘खेल आतकंकारी’ भएको टिप्पणी गरेका छन्।
प्रकाशितः २०७३ असार ४

वि.सं.२०७३ असार ४ शनिवार १४:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...