back
NMB ad

दुई बैंकको १०० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले बोनस पारित गर्नका लागि पुस २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने लगानीकर्ताले पुष ५ गते मंगलबार सम्ममा सेयर खरिद गरेको हुनुपर्छ । साथै बैंकले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा ३ बराबर १ को अनुपातमा हकप्रद वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

प्रस्तावित तीन बराबर एक कित्ता हकप्रद सेयर जारी गर्न साधारण सभाले अनुमति दिएर धितोपत्र बोर्डबाट स्वीकृत भए पछि मात्र अर्को पटक शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ । अहिले भएको शेयरधनी दर्ता पुस्तिका बन्दले बोनस सुरक्षित गर्दै साधारण सभामा भाग लिने आधार मात्र दिन्छ ।

त्यसैगरि हिमालयन बैंकले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने पनि आजै अन्तिम दिन हो । पौष २२ गते हुने साधारणसभा प्रयोजनका लागि बैकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । बोनस लिन चाहने लगानीकर्ताले आजसम्म अर्थात पुष ५ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

बैंक संचालक समितिको बैठकले प्रस्ताव गरेको यो बोनस हालै निश्काशन गरिएको हकप्रद सेयरले भने नपाउने स्पष्ट गरिएको छ । उसले बोनस सेयरको कर प्रयोजनका लागि अलग्गै नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

प्रकाशित मितिः २०७३ पुस ५

वि.सं.२०७३ पुस ५ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...