back
NMB ad

यी हुन् इलाममा चन्दा असुल्दै गरेका अवस्थामा पक्राउ परेका भूपू सैनिकसहित १२ जना -सूची सहित

Kumari bank ad

इलाम । स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार १२ जनालाई पक्राउ गरेको छ । भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व नेपाली सेनासहित १२ जनालाई पक्राउ गरेको इलामका प्रमुख एसपी विपीन कर्मचार्यले बताए ।

पक्राउ पर्नेमा

नेपाली सेनाका भूपू जागिरे चितवनका ५१ वर्षीय वसन्तबहादुर बराल,

चितवनकै ४९ वर्षीय मुक्तिनाथ अधिकारी,

तनहुँका २८ वर्षीय रामु सुवेदी,

गोर्खाका अग्नि उपरकुटी,

गुल्मीका २० वर्षीय तेजेन्द्र जिसी,

गुल्मीकै १७ वर्षीया कोपिला थापा,

काठमाडौँका ४१ वर्षीय कृष्ण थापा,

काठमाडौंकै ३२ वर्षीया मीना केसी,

तेह्रथुमका २९ वर्षीय कृष्णप्रसाद अधिकारी,

संखुवासभाका २९ वर्षीय अर्जुनकुमार गौतम,

संखुवासभाकै रमेश गौतम

र रुपन्देहीका २० वर्षीया माया रहेका छन् ।

प्रहरीले पक्राउ पर्नेको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरिकता, चारथान मतदाता परिचयपत्र र नेपाली रु चार हजार ५०० तथा भारतीय दुई हजार ५७० बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन गतिविधिविरुद्ध लाग्दै आएका विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारबाही गरिरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १९ मंगलवार २०:२९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...