back
NMB ad

मोटरसाइकल पुरानो भएको छ ? आजै लैजानुस् एक्सचेञ्ज मेलामा

Kumari bank ad

काठमाडौ । अब पुरानो भएर चलाउनै नसक्ने मोटरसाइकल एक्स्चेञ्ज हुने भएको छ । टिभिएसले दशैं तिहारलाई लक्षित गर्दै जगदम्बा मोटर्सले सुरु गरेको टिभिएस मेगा एक्स्चेञ्ज मेलामा तपाईको पुरानो मोटरसाइकल बिक्री हुने भएको हो । एक्सचेञ्ज मेला टेकुमा सञ्चालन भैरहेको छ ।

शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्सले एक्स्चेञ्ज मेलामा पुगेका कुनै पनि मोटरसाइकलको कम्तीमा २५ हजार रुपैंया मुल्याङ्कन गर्ने जनाएको छ । टिभिएसका कुनै पनि मोटरसाइकलको खरिदमा उक्त रकम छुट गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

टेकुस्थित बैंक अफ काठमाण्डूको पारी पट्टी रहेको बैठक भेन्यूमा चलिरहेको मेलामा २५ हजार रुपैंया मुल्याङ्कनमा कुनै पनि मोटरसाइकल सट्टापट्टा हुने भएको हो । स्क्रयापको छुट लिनका लागि पुरानो मोटरसाइकल सहित बिलबुक भने अनिवार्य गरिएको छ । जगदम्बा मोटर्सका अनुसार मंगलबार सुरु भएको मेलामा पुरानो मोटरसाइकल ल्याएर नयाँ किन्न चाहने डेढ सय जनाले बुकिङ् गरिसकेका छन् ।

टिभिएसले अपाचे सिरिजका मोटरसाइकल धेरै बिक्री भएकोे जनाएको छ । यसका अलावा उसले स्टार सिटी, फोइनिक्स, भिक्टर, स्ट्राइकर, स्पोर्ट लगायत मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । स्ट्राइकर मोडलको मोटरसाइकल भर्खरै नेपाली बजारमा भित्रिएको हो । साथै जेष्ट, वेगो, जुपिटर तथा ड्याज मोडलका स्कूटर पनि बिक्री बितरण भैरहेका छन् ।

प्रकाशित मितिः २०७४ भाद्र २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार १४:२० मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...