back
NMB ad

परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन

Kumari bank ad

भक्तपुर । काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बिहीबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीस्थित बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सात देशको सहभागिता रहने सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ यही कात्तिक १५ देखि १८ गतेसम्म हुने सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपाल, भुटान, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत र भारतका गरी ६० बोर्डका पदाधिकारी र परीक्षा विज्ञको भेला हुने बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले बताए । सम्मेलनमा नेपालका तर्फबाट शिक्षाविद् एवं त्रिविका प्रा डा गणेशबहादुर सिंह र प्रा डा वासुदेव काफ्लेले विशेष शिक्षामा परीक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्नैछन् । परीक्षा बोर्डका अध्यक्ष प्रा डा पौडेलले आठ विषयको तीन घण्टाको परीक्षामार्फत गरिने विद्यार्थीको मूल्यांकन वैज्ञानिक एवं व्यावहारिक नभएकाले परीक्षा प्रणालीलाई सुधार गर्नका लागि सम्मेलनले धेरै सहयोग पु¥याउने बताए ।

“अन्य देशमा भएका परीक्षा प्रणालीका बारेमा जानकारी लिन पाइने र यसले नेपालको माध्यमिक तहको परीक्षा प्रणालीलाई ग्रेडिङ प्रणालीबाट अझै सुधारमा लैजाने बाटो पहिल्याउन सजिलो हुनेछ” उनले विश्वास व्यक्त गरे । माध्यमिक तहको अन्तिम परीक्षा लिने जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले अहिलेको परीक्षा प्रणाली ठीक वा बेठीक भन्ने कुरा शिक्षा क्षेत्रमा बहसको रुपमा उठेको बेलामा हुन लागेको सम्मेलन उपलब्धिमूलक हुने बताइएको छ । अध्यक्ष प्रा डा पौडेलले हालको परीक्षा प्रणाली पनि पूर्णरुपमा व्यावहारिक नभएको औंल्याउँदै सरकारबाट निर्णय भइसकेको विषयगत परीक्षाको तयारीलाई बोर्डले छिट्टै कार्यान्वयनमा ल्याउने बताए । रासस

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार १३:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...