back
NMB ad

कर नतिर्ने व्यबसायीको फेसबुक खाता बन्द गरिने

Kumari bank ad

भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ ।

कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थात् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको यहाँको दैनिक ट्रोइ ट्रे पत्रिकामा जनाएको छ ।

“हामी फेसबुक कारोबार बन्द गर्न चाहन्नौ तर यदि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेमा उक्त कारबाहीका लागि पनि बाध्य हुनेछौं,” कर अधिकारीले सञ्चारकर्मीसँग बताए ।

हनोइ कर विभागले हालैमात्र मुलुकभरका १३ हजार ५०० फेसबुक मार्फत कारोबार गर्ने व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् । रासस/ सिन्ह्वा

प्रकाशित मितिः २०७४ असार १३

वि.सं.२०७४ असार १३ मंगलवार १२:३८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...