back
NMB ad

फलोअप : अख्तियारको टोली भैरहवा भन्सारमा

Kumari bank ad

नरेश के.सी.

भैरहवा । एउटा प्रज्ञापनत्रमा २ वटा गाडी पास भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

भैरहवा भन्सार कार्यलयबाट चेकजाच गरी छुटेको ना ४ ख ४१२६ नम्बरको ट्रकको प्रज्ञापनपत्रमा ना ६ ख ५६३५ नम्बरको अर्को मालबाहक गाडी भन्सार चेकजाच गरी बाहिरी सकेको थियो । तर सोही प्रज्ञापनपत्रमा साउन २६ गते मां मनकामना इन्टरनेशनलको नाममा भैरहवा भन्सारबाट छाडिएको दसचक्के ट्रक शंका लागेपछि पुनः बाहिरबाट भन्सारमा लगी चेकजांच गर्दा ट्रकमा लाखौंको अवैध समान समेत भेटिएको छ ।

nakkali prgayan patra from bhairawha vasnsar (3)

एजेन्ट कोड ४७५ ले भरेको प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरको प्रज्ञापनपत्रमा पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डल देखिएको थियो । सो बापत ट्रकले ८ लाख ७ सय ४ रुपैया राजस्व पनि बुझाएको देखिन्छ ।
तर बुझ्दै जादा उक्त प्रज्ञापनपत्रमा ना ६ ख ५६३५ नम्बरको अर्को मालबाहक गाडी पास भइसकेको रहेछ । ना ४ ख ४१२६ नम्बरको ट्रक विना भन्सार बाहिरीएपछि भन्सारवृतमा हंगामा नै मच्चीएको छ । ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिए पछि कुरा वाहिर आएको हो ।

यसरी विना भन्सार गाडी पास गराउने कामको चाजोपाजों भन्सार अधिकृत मानबहादुर विश्वकर्माले गरेका थिए । उनले आइतबार मिडीया समक्ष पनि भन्दै थिए मैले हस्ताक्षर गर्दैमा के अपराध गरे ? ल खिच्नुस मेरो तस्वीर भन्दै अबैध सामग्री बोकेको ट्रकमा चढेर पोज दिएका थिए । पछि बुझ्दै जादा उनी पुर्व अर्थमन्त्री बर्षमान पुन र पुर्व अर्थमन्त्री कृष्ण बहादुर महराको निकट भएको बताउदा रहेछन् । कर्मचारीवृतमा उनी भन्सारका डन भनेर परिचीत समेत रहेछन् ।

 

adhikirt Man bdr BK
भन्सार अधिकृत मानबहादुर विश्वकर्मा 

यो पनि पढ्नुहोस् 

यसरी हुन्छ भैरहवा भन्सारमा दिनहुँ राजस्व छली

माथी सम्मकै संलग्नतामा यस प्रकारको अवैध निकासी पैठारी हुने गरेको छ । भन्सार कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष मिलेमतोमा हुने गरेको यस किसिमको काममा माथी सम्म नै लाईन पुग्ने गरेको सम्वद्ध श्रोत बताउछन । यसैका कारण यस्तो गलत क्रियाकलाप गर्ने कर्मचारीहरुलाई अहिले पनि कुनै किसिमको पश्चताप अथवा डर छैन । घटनामा प्रत्यक्ष संलग्नता रहेका भन्सार अधिकृत मान बहादुर विश्वकर्माले आफुले हस्ताक्षर गरेको हाँकाहाँकी स्विकार गर्दै सञ्चारकर्मिहरुसित फोटो सेसन नै गराए ।

कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले एम ५६७८७ र एम ५६७९७ नम्बरको प्रज्ञापन पत्र नै नक्कली रहेको दावी गरेका छन । उनले यस बारे आवश्यक छानविन गरि तथ्य कुरा बाहिर ल्याउने बताए । यता भैरहवा भन्सार कार्यालयमा भएको घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालयले छानविन शुरु गरेको छ । अख्तियारका डिएसपी ज्ञानेन्द्र बस्नेतले स्थानिय सञ्चारमाध्यमहरुबाट प्रकाशित समाचारको आधारमा घटनाबारे जानकारी भएको र यसको प्रारम्भिक अनुसन्धान शुरु गर्न भन्सारमा आएको प्रतिक्रिया दिए ।
यता भन्सार एजेन्ट संघ भैरहवाका कृष्ण घिमिरेले एजेन्टहरुले पैसाको लोभमा जथाभावी हस्ताक्षर गर्न नहुने प्रतिक्रिया दिदैं यो घटनाले दुखीत तुल्याएको बताउदैं दोषी माथी कारबाही गर्न माग समेत गरे । एउटा प्रज्ञापन पत्रमा २ वटा गाडी पास गराएको खबर पाएपछि भन्सार विभागले सो कार्यमा संलग्नलाई तत्काल २४ घन्टा भित्र विभागमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन लिखीत निर्देशन दिएको छ । विभागले भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुभास शर्मा र खरिदारद्धय अतुल शर्मा , विनय जोसीलाई कारबाहि शुरु गरेको हो ।

कसको मिलोमतोमा हुन्छ तस्करी ?

nakkali prgayan patra from bhairawha vasnsar (2)

भैरहवा भन्सार कार्यालयमा कर्मचारीको मिलोमतो विगतदेखि नै तस्करी हुने गरेको छ । यहाँ विभिन्न गिरोहहरुले कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर खुलेयाम तस्करी गर्ने गरेका छन् ।
दर्जन बढी गिरोहहरुको समुहले दैनिक रुपमा दर्जनाँै ट्रकहरु बिना भन्सार महशुल भन्सार पास गर्दछन् । उनीहरुले एक ट्रक सामान पास गरे भने त्यसको प्रज्ञापन पत्रमा दर्जनौ अरु ट्रक पास गर्दछन् । उनीहरुले नक्कली कागजात बनाएर पनि भन्सार तिरेको प्रमाण तयार गरी सामानहरु पास गर्ने गरेका उदारण भैरहवा भन्सार कार्यालयमा अहिले बल्गे्रती देखिएका छन् । दर्जन बढी तस्करहरु भन्सारको सेटिङमा काम गर्दछन् । यसमा मुख्य नाइके चितवन निवासी राजु थापा हुन । उनको निर्देशनमा बेलहियाका केही व्यक्ति परिचालन रहेको नाम उल्लेख नगर्ने सर्तमा एक भन्सार एजेण्टले जानाकारी दिए । राजु थापाले आफ्नो काम गर्ने कर्मचारी राजन प्रसाद तिमिल्सिनाको नाममा माँ मनकामना इन्टरनेस्नल नाम फर्म खोलेका छन् । यही फर्मको नाममा तस्करी सामान आउने र नक्कली बिल प्रयोग गरि काठमान्डौ लगाएतका स्थानमा सामानहरु पुग्ने गरेको देखिन्छ ।
भैरहवा भन्सार कार्यालयबाट नै भन्सार पास भएर काठमाडाँैका लागि हिँडेको ना ६ख २२७८ नम्बरको ट्रक वैशाख ६ गते चितवनबाट मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएर पथलैया राजस्वलाई बुझाएको थियो । जसको समेत अहिले अनुसन्धान भैरहेका छ । यो ट्रक पनि नक्कली कागजात र कम परिणामको भन्सार गरिएको सूचना प्रहरी समक्ष पुगेपछि नियन्त्रणमा लिएको हो ।

nakkali prgayan patra from bhairawha vasnsar (1)

यस्तै प्रकृतिको अर्को ट्रक ना ६ ख ५०६५ ले समेत वैशाख २८ गते भैरहवा भन्सारबाट पास भएर गेट पार गरेपछि स्थानीयको सूचनामा भैरहवा भन्सारका प्रमुखको निर्देशनमा पुन भन्सार फर्काइएको थियो । जसमा समेत नक्कली प्रज्ञापन पत्र र कम परिणामको भन्सार तिरेको देखिएको थियो । जुन सिधै लिलाम प्रकृयामा जानुपर्नेमा अहिले सम्म भन्सार प्रमुखको मिलोमतोमा कम जरिवाना तिराएर छुटाउने योजना रहेको भन्सारकै कर्मचारीहरु बताउँछन् । तस्करका मुख्य नाईके मानिएका राजु थापाले भन्सार पास गरेर बाहिरिएका मालवाहक ट्रकहरु विगतका दिनहरुमा धेरै पटक राजस्व अनुसन्धानले समेत नियन्त्रणमा लिएर जरिवाना तिराएको देखिन्छ ।
हाल भन्सार विभागका डिजि तथा तत्कालिन राजस्व अनुसन्धान विभागका डिजि रामशरण टिमुरिया र तत्कालिन राजस्व अनुसन्धान विभागका डिडिजि निर्मलहरि अधिकारीले समेत केहि महिना अगाडि यही तस्कर समूहको २ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर ३ करोड ९० लाख राजस्व तिराएका थिए । आठ महिना पहिला पनि राजस्व अनुसन्धान विभागका ५ नम्बर फाँटका प्रमुख राम प्रसाद रेग्मीले समेत भैरहवा भन्सार कार्यालयबाट भन्सार पास भएर निस्किएको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा कमजोरी देखिएर ९० लाख राजस्व असुली गरेको नाम उल्लेख नगर्ने सर्तमा भैरहवा भन्सार कार्यालयका एक अधिकृत बताउँछन् ।

वि.सं.२०७४ साउन २९ आइतवार २१:५८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...