back
NMB ad

कृषकलाई ८ लाखसम्म अनुदान

Kumari bank ad

काभ्रेपलाञ्चोक । यस जिल्लामा कृषक तथा सहकारी संस्थाले पशु उत्पादन लगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् ।

जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताए । उनले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई रु एक लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ ।

त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई रु एक–एक लाख र बाख्रापालनमा रु दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले रु चार लाख र पाँचजनाले रु दुई–दुई लाख अनुदान पाएका छन् ।

यस्तै, कुखुरापालनतर्फ सहकारी संस्थालाई रु पाँच लाख, पशु आहार मिसनतर्फ रु पाँच सयदेखि २० हजार र बङ्गुरपालनमा रु आठ लाख एक सहकारी संस्थालाई उपलब्ध गराइएको छ । “यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,” जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक सापकोटाले भने । उनले अनुदानको रकम वितरणको काम जारी रहेको उल्लेख गर्दै अनुदान रकम उत्पादन बढाउने काममै लगाउन कृषकसँग आग्रह गरे ।

६ चैत २०७३, रासस , २।००

वि.सं.२०७३ चैत ६ आइतवार १५:०८ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...