back
NMB ad

अब फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई

Kumari bank ad

काठमाडौ। सरकारले काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने विकल्पबारे छलफल थालेको छ । फास्ट ट्र्याक निर्माणबारे अध्ययन गरिरहेको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले सेनालाई पहिलो प्राथमिकतामा राखेको छ । र, यसबारे रक्षा मन्त्रालयमार्फत सेनाको राय मागिएको छ ।

वित्तीय व्यवस्थापन सरकार आफैंले गर्ने गरी सेनालाई निर्माणको जिम्मा दिने मन्त्रालयको योजना छ । सेनामा एउटा संयन्त्र बनाएर व्यवस्थाको जिम्मा दिने कि भन्ने विकल्पमा छलफल गरिरहेका छौं’ एक अधिकारीले भने ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पनि सेनालाई दिनेसहितका विकल्पमा छलफल भइरहेको स्वीकार गरे । फास्ट ट्र्याकको ट्राक खोल्ने काम पनि नेपाली सेनाले नै गरेको थियो । अब सेनालाई नै निर्माणको जिम्मा दिने हो भने आयोजनामा राजनीति नहुने र समयमा काम हुने मन्त्रालयको बुझाइ छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने योजना थियो । तर, चौतफी विरोध भएपछि सरकार यो योजनाबाट पछि हटेको छ ।

केपी ओली नेतृत्वको अघिल्लो र प्रचण्ड नेतृत्वको वर्तमान दुबै सरकारले फास्ट ट्र्याक नेपाल आफैंले बनाउने बताएको छ । प्रचण्ड सरकारले योजना आयोगका उपाध्यक्षको नेतृत्वमा बनाएको कार्यदलले पनि फास्ट ट्र्याक नेपाल आफैंले बनाउनु पर्ने राय सरकारलाई दिएको थियो ।

तर, भारतले अझै पनि यो आयोजनामा आफ्नो चासो देखाउन छाडेको छैन । हालै मात्र नेपालका लागि भारतका नवनियुक्त राजदूत मञ्जीव सिंह पुरीले फास्ट ट्र्याकमा चासो व्यक्त गरेका थिए ।

प्रकाशित मितिः २०७३ चैत १८

वि.सं.२०७३ चैत १८ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...