back
NMB ad

मध्यपश्चिमका निर्माण व्यवसायीहरुको तालिम सम्पन्न

Kumari bank ad

काठमाण्डौं । मध्यपश्चिमका निर्माण व्यवसायीहरुलाई सम्झौता व्यवस्थापन, कर प्रणाली तथा खरीद व्यवस्थापनका बारेमा एक दिने तालिम दिइएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र अनुसन्धान तथा विकास तालिम समितिको व्यवस्थापनमा ४० जना निर्माण व्यवसायीहरुलाई विहिवार नेपालगञ्जमा तालिम दिइएको हो ।

सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष रुद्र शर्माले महाभूकम्प तथा भारतीय नाकाबन्दीका कारण निर्माण व्यवसाय चौपट भएकाले व्यवसायीहरुका समस्याप्रति संवेदनशील भईदिन सबैसँग आग्रह गरेका थिए । निर्माण व्यवसाय समृद्ध नभए सम्म मुलुकको विकास असम्भव भएको शर्माले बताए ।

सहभागी व्यवसायीहरुलाई एशियाली विकास बैंकका प्रतिनिधि भीम खतिवडा, आन्तरिक राजस्व कार्यालय, नेपालगंजका प्रमुख कर अधिकृत नारायणप्रसाद सुवेदी, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्का सदस्य सचिव डा. रामहरी लामिछाने र नेपाल निर्माण व्यवसायी महासंघका कानुनी सल्लाहकार बाबुराम दाहालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा महासंघका महासचिव रामशरण देउजा, उपमहासचिव सुर्य प्रसाद तिमल्सिना, सहकोषाध्यक्ष नरहरी थपलिया, मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष मोहन प्रकाश आचार्य लगायतको उपस्थिति थियो ।

३० असा २०७३, ४।००

वि.सं.२०७३ असार ३० बिहीवार १५:५० मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...