back
NMB ad

सातै प्रदेशमा ठुला औद्योगिक शहर स्थापना गर्न जग्गा खोज्दै सरकार

Kumari bank ad

काठमाडौँ । सातै प्रदेशमा ठुला औद्योगिक शहर स्थापना गर्ने लक्ष्य साथ काम अगाडी बढेको नेपाल सरकारले विभिन्न ५ ओटा ठाउँमा जगगा पहिचान गरिसकेको छ । एक हजार विगाहा क्षेत्रफलमाथिका औद्योगिक क्षेत्रमा कुल ४० लाख नेपालीले रोजगारी प्राप्त गर्ने उद्योग मन्त्रालयले जनाएको छ ।

‘सातै ओटा प्रदेशमा ठूला औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि १० लाख व्यक्तिले प्रत्यक्ष र अन्य ३० लाखले अप्रत्यक्ष गरी कुल ४० लाखले रोजगारी पाउनेछन्,’ उद्योग मन्त्री सोमप्रसाद पाण्डेले भने, ‘यसका लागि देशका विभिन्न ५ ठाउँमा जग्गा पहिचान गरिसकिएको छ र अन्य ठाउँमा पनि जग्गा पहिचान गर्ने काम जारी छ।’

सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने उद्योग मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद् वैठकले चैत १ गते स्वीकृति प्रदान गरेपछि मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर जग्गा पहिचान बारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश–१ अन्तर्गत झापाको दमक–१८ र १९ मा रतुवा र मावा खोलाको दोभानभित्र ५ सय विगाहा, प्रदेश–२ अन्तर्गत जग्गा पहिचान गर्न खोजी भइरहेको जनाएको छ। त्यस्तै, प्रदेश–३ अन्तर्गत मकवानपुरको हेटौंडा–१६ स्थित मयुरधाप क्षेत्रमा ३ सय विगाहा, प्रदेश–४ मा पनि जग्गा पहिचानको काम भइरहेको, प्रदेश–५ अन्तर्गत रुपन्देशको मोतिपुरमा ८ सय १३ विगाहा र बाँकेको नौवस्तामा ५ सय २५ विगाहा जग्गा पहिचान भएको छ । प्रदेश ६ अन्तर्गत जग्गा पहिचानको काम भइरहेको र कन्चनपुरको दैजीमा ९ सय विगाहा जग्गा पहिचान भएको जनाएको छ । यस मध्ये रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र स्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गर्ने कामसमेत अघि बढिसकेको मन्त्रालयले जनाएको छ।

यीबाहेक राजविराजस्थित सगरमाथा वन परियोजनाको १ हजार विगाहा जमीन पनि औद्योगिक क्षेत्रका लागि उपयुक्त देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै, चितवनको जुटपानी, जुम्ला र सुर्खेतमा पनि जग्गा पहिचमानको काम भइरहेको बताए। पहिचान भएका जग्गाहरु सरकारी स्वामित्वमा रहेका बताइएको छ। नागरिक

४ चैत २०७२

वि.सं.२०७२ चैत ४ बिहीवार ०७:१६ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...