back
NMB ad

फाइनान्स र इन्स्योरेन्सले भारी मात्रामा हकप्रद निस्कासन गर्दै !

Kumari bank ad

काठमाण्डौं । सगरमाथा फाइनान्सले पूँजी वृद्धिका लागि भारी मात्रामा हकप्रद निष्काशन गर्ने भएको छ । त्यसै गरि हामा मर्चेण्टले पनि हकप्रद निष्काशन गर्ने भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सले पनि बोनस शेयर बितरणका लागि बुक क्लोजको मिति तोकेको छ ।

सगरमाथा फाइनान्सले पूँजी बिस्तार गर्नका लागि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित असार ३ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । ३१ करोड ८७ लाख ७३ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सले १५ दशमलव ८५ प्रतिशत बोनस बितरण पश्चात हुने पूँजी ३६ ९२ लाख ९८ हजार रुपैंयाबाट प्रति १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६६ करोड ४७ लाख ३७ हजार रुपैंया नाघ्ने छ । जेठ २१ देखि असार ३ गतेसम्म फाइनान्सको शेयरधनी पुस्तिक बन्द रहने छ ।

त्यसै गरि हामा मर्चेण्ट एण्ड फाइनान्सले विशेष साधारण सभा आह्वान गरि शत प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गराउँदैछ । २२ करोड १० लाख रुपैंया चुक्ता पूँजी भएको फाइनान्सले एक बराबर एक कित्ताका दरले शेयर निष्काशन गरि चुक्ता पूँजी ४४ करोड २० लाख रुपैंया पुर्याउन लागेको हो । विषेश साधारण सभाका लागि फाइनान्सको शेयरधनी पुस्तिक जेठ १८ गते एक दिनका लागि बन्द रहनेछ ।

हिमालयन जनरल इन्स्योरेन्सले साधारण सभा प्रायोजनका लागि बुक क्लोजको मिति तोकेको छ । लगानीकर्तालाई २० प्रतिशत बोनस तथा १ दशमलव ०५ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको इन्स्योरेन्सले असार १४ गते हुने साधारण सभाका लागि जेठ २७ देखि असार १४ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ ।

११ जेठ २०७३, २.००

वि.सं.२०७३ जेठ ११ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...