back
NMB ad

थाहा पाउनुहोस्, फाइनान्सको सेयर किन्दा नपरेको पैसा कहाँ जान्छ ?

Kumari bank ad

काठमाण्डौं । आरएसडिसी लघुवित्तको साधारण सेयरमा सेयर नपरेको पैसा आगामी शुक्रबारदेखि फिर्ता हुने भएको छ । १८ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आवेदकको खातामा सेयर नपरेको पैसा फिर्ता हुनेछ भने अरु आवेदकले आवेदन केन्द्रबाट पूर्जा संकलन गर्नु पर्ने हुन्छ ।

सर्वसाधारण लगानीकर्ताका लागि ४ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीले १ लाख ५४ हजार ८ सय २७ जना आवेदक मध्ये ३३ हजार ८८ जनालाई मात्र सेयर बाँडफाँड गरेको थियो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले दिएको जानकारी अनुसार ९ वाणिज्य बैंक, ४ विकास बैंक र ५ फाइनान्स कम्पनीमा बैंक खाता भएका लगानीकर्ताको सेयर नपरेको पैसा बैंक खातामा पठाउने व्यवस्था मिलाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, जनता बैंक र ग्लोबल आईएमई बैंकमा रकमान्तर हुनेछ । त्यसै गरी देव विकास बैंक, एस डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकमा खाता भएका लगानीकर्ताले पनि लाइन लागेर पूर्जा संकलन गर्नु पर्ने छैन ।

त्यस्तै, फाइनान्स कम्पनीहरु गुडविल फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, आईसीएफसी फाइनान्स, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स ९साविकको रिलायन्स लोटस फाइनान्स० मा बैंक खाता रहेका लगानीकर्ताको सेयर नपरेको पैसा पनि सम्बन्धित खातामा नै पठाइने क्यापिटलले जनाएको छ ।

२ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक २ मंगलवार १३:४५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...