back
NMB ad

बैंक र सुनचाँदी व्यवसाय सुरक्षाका लागि अब प्रहरीको ‘फाइनान्स टास्क फोर्स’

Kumari bank ad

चितवन। चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।

आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ ।

यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो । यसअघि सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले आन्दोलनको घोषणा गरेका थिए । “आजबाट चौबिसैँ घन्टा, हातहतियार र सञ्चार सेटसहित क्युआरटी टोली र फाइनान्स टास्कफोर्स परिचालन भएका छन्, चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले भने, “आवश्यकता अनुसार मोबाइल टोली समेत खटाइएको छ ।”

नारायणगढमा यही माघ २० गते राति आधुनिक सुनचाँदी पसलबाट चार किलो सुन र चार किलो ५०० ग्राम चाँदीसहित नगद रु सात लाख चोरी भएको थियो । त्यसैगरी शुक्रबार राति अनुग्रह गहना सप्लायर्सबाट करिब रु आठ लाख बराबरको सुनको जलप गरिएका गहना चोरी भएको थियो । चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य गरी मध्य क्षेत्रकै व्यापारिक बजार नारायणगढमा सुनचाँदी व्यवसाय र बैंक तथा वित्तीय संस्था केन्द्रित छन् ।

सुरक्षा कमजोर भएर चोरीका घटना बढेको भन्दै सुनचाँदी व्यवसायीले चितवन प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

प्रकाशित मितिः २०७३ फागुन २

वि.सं.२०७३ फागुन २ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...