back
NMB ad

डसना उद्योगमा आगो लाग्दा १६ लाख क्षति

Kumari bank ad

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ गल्छिनास्थित एक डसना उद्योगमा आगलागी भएको छ।

पोषराज सिग्देलको घरमा छाङ गाविस वडा नं ५ वस्ने ईश्वर मल्लको डसना उद्योगमा गएराति आगलागी हुँदा करिब १६ लाख रुपैयाँको क्षति भएको छ। चारवटा कोठामा राखिएका सिरक डसनामध्ये दुई कोठामा रहेका सिरक डसना जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय वेलचौताराका सई काशीराम चौधरीले जानकारी दिए।

आगलागीबाट सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको उनले बताए। राति करिब १२ बजेको समयमा प्रहरीमा जानकारी आएपछि तत्काल प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीय बासिन्दाले समेत आगो निभाउन नसकेपछि सदरमुकाम दमौलीबाट राति ३ बजे दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको सई चौधरीले बताए। दमकल बोलाएपछि दुईवटा कोठामा राखिएका सिरक डसना जोगाउन सकियो, नत्र अझै बढीको क्षति हुने थियो चौधरीले भने।

२८ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २८ आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...