back
NMB ad

माछा पालेरै लाखौं कमाएर भाइ र छोरालाई डाक्टर बनाएका यादव र मण्डलबाट सिक्नुस् !

Kumari bank ad

सप्तरीका बलराम यादव र सिरहाका पाण्डव मण्डलले माछा पालेर छोरा र भाइलाई डाक्टर त बनाए नै संगसंगै करिब २५ जनालाई रोजगारी दिए । उनीहरुले थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाए ।

जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा गरिदिए ।

नेपाल सरकारको प्राविधिक सहायता र तराईमा एक हेक्टर जमिन बराबर रु तीन लाख आर्थिक सहयोग उपलब्ध गराउने नीतिका कारण तराईमा माछापालन गर्ने किसानको सङ्ख्या अहिले बढेको छ ।

बलरामका छोरा अनिल यादवले गत वर्ष नेपालबाट एमबिबिएस (डाक्टर) को उपाधि प्राप्त गरेका छन् । अनिल केही महिनापछि मेडिकल डाक्टर (एमडी) अध्ययनका लागि मित्र राष्ट्र चीन जाने अन्तिम तयारीमा छन् ।

त्यसो त सिरहाका पाण्डवले भाइ ओमप्रकाश मण्डल र धीरज मण्डललाई नेपालमा एमबिबिएस अध्ययन गर्न लगाए । मण्डलले आफ्नो फार्म भाइको नामबाट स्थापना गरेका छन् । सशस्त्र द्वन्द्वको चपेटाबाट ओमले नयाँ जीवन प्राप्त गर्न सकेकाले फार्मको नाम ‘ओम मत्स्य फार्म’ राखेको उनी बताउँछन्।

सप्तरीका भरतकुमार शाहले पथ्थरगडा–७ मा व्यावसायिक माछापालन सुरु गरेका छन् । आठ बिगाह जग्गामा व्यावसायिक माछापालन सुरु गरेका शाहको उत्साहको स्रोत यादव र मण्डल हुन् । उनको ११ वटा पोखरी छन् । प्रतिकट्टा १२० केजी धान दिएर उनले आठ बिगाहा जग्गा भाडामा लिएका हुन् ।

भरतका अनुसार उनको पोखरीमा प्रतिकट्ठा २०० देखि २५० केजीसम्म माछा उत्पादन हुन्छ । सरदर जम्मा ३७ हजार केजी माछा उत्पादन हुने र ती माछा रु १९० देखि रु २०० प्रतिकेजीसम्ममा बिक्री गर्दा उनलाई खर्च कटाएर वार्षिक रु ५० लाख आम्दानी हुन्छ ।

नकटी रायपुर–८ रुपनी सप्तरीमा बलराम यादवले झन्डै १० बिगाह जमिनमा माछा व्यवसाय गरेका छन् । उनको पोखरीमा १० जना व्यक्तिले रोजगारी पाएका छन् । उनका १३ वटा पोखरी छन् । सरकारबाट रु सात लाख ८० हजार अनुदान प्राप्त गरेका बलरामको कुल लगानी रु २४ लाख छ । उनले खर्च कटाएर वार्षिक रु ६० लाख बचत गर्छन् ।

त्यस्तै, सिरहाका पाण्डव मण्डलले विसं २०७० मा ओम माछा फार्म दर्ता गरी व्यावसायिक माछापालन सुरु गरेका हुन् । उनको रु ४५ लाख ऋण छ । उनले सरकारबाट रु आठ लाख अनुदान प्राप्त गरेका छन् । उनका ११ वटा पोखरी छन् । खर्च कटाएर वार्षिक रु ५५ लाख बचत गर्ने गरेको उनी बताउँछन् । उनका फार्ममा १४ जनाले रोजगारी पाएका छन् ।

यहाँका अधिकांश पोखरीमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर र विदेशी जातमा कमन, सिल्भर, बिगहेड र ग्रासकार्प माछा उत्पादन गर्ने गरिन्छ । पङ्गासिएसलाई माछा जातमा राजा मानिन्छ । उक्त माछाको मेरुदण्डमा सग्लो एकमात्र काँडा हुन्छ ।

कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान चार दशमलव शून्य २२ प्रतिशत छ । नेपालमा माछाको बजार प्रचुर छ । आव २०७२÷७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीबाट व्यावसायिक माछा उत्पादन कार्य भइरहेको सरकारी तथ्याङ्क छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घका महासचिव जोगेन्द्र महतोका अनुसार भारतबाट प्रतिवर्ष झन्डै ७० प्रतिशत माछाको आयात हुन्छ । आव २०७२÷७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला तथा तालबाट २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । सङ्घका अनुसार भारतबाट वर्षैपिच्छे ५४ हजारदेखि ६० हजारसम्म मेट्रिक टन माछा आयात हुने गरेको छ । यस आवमा गत आवको तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको बताइन्छ ।
आव २०७२÷७३ को असार मसान्तसम्ममा नौ हजार ९३४ हेक्टर जलाशय व्यावसायिक माछा उत्पादनका लागि उपयोगमा ल्याइएकोे छ । माछा उत्पादन कार्यमा ३५ हजार व्यवसायी किसान आबद्ध भएको बताइन्छ ।
खाद्य तथा गुणस्तर विभागले भारतबाट फर्मालिनको प्रयोग भएको माछा आयात भएको प्रमाणित गरेपछि काठमाडौँमा जिउँदो माछाको व्यापारसमेत बढेको छ । अठार महिनादेखि राजधानीमा ३८ वटा कक्षबाट जिउँदो माछाको बिक्री वितरण गर्दै आएको गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका धनी खगेन्द्र ढकालले बताए ।

राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलङ्की, बसुन्धरालगायतका चोकमा विभिन्न जातका जिउँदो माछा रोजीरोजी उपभोक्ताले खरिद गर्न सक्छन् ।

नेपालमा करिब ५० जिल्लामा माछाको व्यावसायिक उत्पादन हुन्छ । यसमध्ये जनकपुर, चितवन, बाराको बोध वन, रुपन्देहीको छपिया र मोरङको बाबियाबिर्ता माछा उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ । राजधानीसँग सहज पहुँच पुगेको चितवन जिल्लाले मात्र काठमाडौँमा माछा आपूर्तिलाई धानेको बताइन्छ ।

प्रकाशित मितिः २०७३ मंसिर २

वि.सं.२०७३ मंसिर २ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...