back
NMB ad

आँधीखोलामा ३ लाख माछाका भुरा छाडियो

Kumari bank ad

स्याङ्जा । गल्याङ नगरपालिकामा पर्ने आँधीखोलामा तीन लाख माछाका भुरा छाडिएको छ ।

आँधीखोला मत्स्य विकास सहकारी संस्था, मस्त्य कृषि अनुसन्धान परिषद् र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा माछाका भुरा छाडिएको आँधीखोला मत्स्य विकास सहकारी संस्थाका कार्यबाहक अध्यक्ष छविलाल भुसालले जानकारी दिए ।

कालीगण्डकी मत्स्य ह्याचरीद्वारा उत्पादित नेपाल विद्युत् प्राधिकरणको अनुदानमा करिब रु ४५ लाखको लागतमा हाँडे, गर्दी र थ्रेड जातका माछाका भुरा छाडिएको हो । कालीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने भएकाले वर्षेनी यस क्षेत्रमा माछाका भुरा अनुदानमा प्राप्त हुँदै आएको छ ।

कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारीले वर्षेनी आठ लाखदेखि दश लाख माछाका भुरा उत्पादन गरी परियोजनाको प्रभावित क्षेत्रमा वितरण गर्दै आएको छ । गल्याङ नगरपालिका– ३ र ११ मा पर्ने आँधीखोलामा बुटवल पावर कम्पनीको जलाशयबाटमाथि डेढ लाख र जलाशयभन्दा तल डेढ लाख माछाका भुरा छाडिएको छ । गत वर्ष पनि सोही स्थानमा दुई लाख १० हजार भुरा छाडिएको थियो ।

आँधीखोलामा करेन्ट लगाएर, विष प्रयोग गरेर र बारुद हालेर माछा मार्ने गरेकाले गल्याङ नगरपालिकाले यस सम्बन्धी छुट्टै नीति बनाउने भएको छ । आँधीखोलाको पर्यावरणीय, जैविक विविधतालाई जोगाइ राख्न जनचेतनामूलक कार्यक्रम तथा यसको संरक्षणका लागि निश्चित संघ संस्थालाई जिम्मा लगाउन सकिने छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १५:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...