back
NMB ad

माछा बेचेरै तीन दिनमा ५० लाख आम्दानी

Kumari bank ad

पोखरा । ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ लेखनाथ नगरपालिकाको बेगनास ताल स्थित मन्दरेपार्कमा सञ्चालित दोस्रो माछा महोत्सव (बेगनास फिस फेस्टिबल) मा तीन दिनमै ५० लाखको माछा बिक्री भएकोछ ।

शुक्रबारदेखि हिजो आइतरबासम्म सञ्चालन भएको सो फेस्टिबलमा ५० लाखभन्दा बढीको आर्थिक कारोबार भएको फेस्टिबल आयोजक मूल समारोह समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिए।

त्यस ठाउँमा रहेका दिपाङ, बेगनास र रुपाताल तथा कृषकले आफ्ना निजी पोखरीमा उत्पादन गरेका २३ थरीका माछाका परिकार दर्शकलाई खुवाइएको थियो। साथै तीनै जातका जीवित माछाको समेत प्रदर्शन गरिएको थियो।

होटल तथा रेस्टुराँ एसोसियसन लेखनाथको आयोजनामा भएको सो फेस्टिबल ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। ती तालबाट करिब चार टनभन्दा बढी माछा बिक्री भएको बताइएको छ। यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्यले फेस्टिबल आयोजना गरिएको र यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ।

महिला तथा पुरुष खुला डुङ्गा दौड, माछा तथा खानाका स्टल, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम फेस्टिबलमा सञ्चालन गरिएको थियो। फेस्टिबल समापन समारोहमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले यस कार्यक्रमले माछापालक कृषकमा हौसला बढेको बताए।

२० बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २० सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...