Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, कार्तिक १ , २०७४  |  
Wednesday, October 18, 2017

विमानस्थलमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु,आठ घाईते !

January 7, 2017

Florida Bimanasthal

अमेरिका (फ्लोरिडा)को विमानस्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ । फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोल चलाएको सरकारी अधिकारीले बताएका छन् । घटनामा अन्य ८ जना घाइते भएका छन् ।एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । आक्रमण किन गरिएको हो भन्ने अहिले खुली नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सान्टियागोसँग सैनिक परिचयपत्र रहेको सिएनएनले जनाएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ति भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ ।

प्रकाशित मितिः २०७३ पुस २३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु