back
NMB ad

यो पढ्नुहोस्, तिहारको एक दिनमा कति माला खपत होला ?फूलको नालीबेली

Kumari bank ad

काठमाडौ । तपाई अनुमान गर्नुस् त तिहारको एक दिनमा कति माला खपत होला ? अनुमान कति मिल्छ कि मिल्दैन तर यो वर्षको तिहारमा मात्रै  देशभर  रु. ११ लाख बराबरको माला  खपत  हुने भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३ लाख रुपैंयाले वृद्धि हुने भएको हो ।

गत वर्षको तिहारमा रु.आठ लाख बाराबरको मालाको कारोबार भएको थियो । जसमा नौ लाख माला नेपालमै उत्पादित फूलबाट बनेका माला हुनेछन् । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइन्छ ।

वार्षिक रुपमा करिव रु डेढ अर्बको फूलको कारोबार हुने गरेकामा तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कार्तिक महिनादेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परेपनि मखमली र गोदाबरी  फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र  मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यात हुने गरेको छ ।

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यवसाय पछिल्लो समयमा फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ ।

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन छ । व्यावसायिक रुपमा  ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १४

वि.सं.२०७३ कात्तिक १५ सोमवार ०९:५५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...