back
NMB ad

झिंगाका कारण मोरङमा स्थानीयबासी हैरान ! स्थानीयवासी विस्थापित हुने अवस्थामा

Kumari bank ad

मोरङ । मोरङको धनपालथान–३ मा सञ्चालित विराट पोल्ट्री फार्मको फोहोर र त्यसबाट उत्पादित झिँगाका कारण स्थानीयवासी हैरान भएका छन् । झिँगा व्यवस्थापन नगरेका कारण स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी इन्दिरा उप्रेतीको भनाइ छ ।

पोल्ट्री फार्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण सोराभाग, रङ्गेली, बबियाविर्ता र दर्वेशाका स्थानीयवासी हैरान भएको उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मको कुखुराको सुली मानवबस्ती नजिकै फाल्दा त्यसबाट उत्पादित दुर्गन्ध र झिँगाका कारण गाउँमा बस्नै नसक्ने अवस्था आएको स्थानीय चटपटे व्यापारी प्रकाश साहको भनाइ छ । स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्नुपर्ने, झिँगा नियन्त्रण गर्नुपर्ने, स्वास्थ्यमा खेलबाड गर्न नपाइने माग राखेको झिँगा तथा प्रदूषण विरुद्धको सङ्घर्ष समितिकी सचिव इन्दिरा उप्रेतीको भनाइ छ । उनले भने, “पाँचपटक सिडिओ कार्यालय, उद्योग सचिव र उद्योग मन्त्रालयमा नै पुगेर ज्ञापन दिएपनि सम्बन्धित निकायले बेवास्ता गरेको छ, मागप्रति कुनै सुनुवाइ भएको छैन ।”

झिँगाका कारण स्थानीयवासीले भने घरमा पूजाआजा, विवाह व्रतबन्ध केही ग¥यो भने कोही पनि आएर खाना नखाने गरेको बताइएको छ । सो क्षेत्रमा दुई हजार घरधुरीका ६ हजार व्यक्ति बस्दै आएका छन् । रासस

प्रकाशित मितिः २०७४ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार ११:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...