back
NMB ad

उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा अनिश्चित

Kumari bank ad

काठमाडौँ । बरिष्ठ उपाध्यक्षलार्इ स्वत: अध्यक्ष बनाउने प्रावधानसहित विधान संशोधन गर्न विहिवारका लागि डाकिएको उद्योग वाणिज्य महासंघको साधारण सभा अनिश्चित बनेको छ । साधारणसभा स्थगित गर्न माग सहित उच्च अदालत पाटनमा परेको रिटमा न्यायाधिश भीमकुमार ओझाको इजलासले साधारण सभा प्रकृया तत्कालका लागि यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले महासंघको विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने जिकिर गर्दै जिल्ला प्रशासन कार्यालय, महासंघ कार्यसमितिसहित पाँच जनालार्इ विपक्षी बनार्इ रिट दायर गरेका थिए। विधान संशोधन साधारणसभाबाट गर्न मिल्ने व्यवस्था रहेको दावी सहित विशेष साधारणसभा रोक्न उनीहरुले माग गरेका थिए।

यो विषयमा बुझ्न अदालतले बुधवार दुबै पक्षलार्इ बोलाएको छ। दुबै पक्षको धारणा बुझेर अदालतले विशेष साधारणसभालार्इ स्थगित वा निरन्तरताको निर्णय बुधबारनै गर्नसक्छ।

विधान संशोधन हुँदा अध्यक्ष उम्मेदवार बन्ने बाटो भाष्करका लागि बन्द हुन्थ्यो। उनी आगामी साधारणसभामा अध्यक्ष लड्ने तयारीमा छन्। बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान लागु भए भवानी राणा महासंघको नेतृत्वमा पुग्नेछिन्।
२ कार्तिक २०७३

वि.सं.२०७३ कात्तिक २ मंगलवार १६:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...