back
NMB ad

उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ को अध्यक्षमा कोईराला निर्बिरोध

Kumari bank ad

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजिवबहादुर कोइराला निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले कोइरालासहित पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेश उद्योग वाणिज्य महासंघको तदर्थ समितिका संयोजक कोइराला र तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले उम्मेद्वारी दर्ता गरेका थिए । तर, पण्डितले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध भएका हुन् । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।

यसैगरी महासंघ प्रदेश नम्बर ४ को जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा पर्वत उद्योग वाणिज्य संघका तर्फबाट हरिओम शर्मा लामिछाने, एसोसियटतर्फको उपाध्यक्षमा फेवा ग्रुप अफ पोल्ट्रीका मोतिप्रसाद पौडेल, कोषाध्यक्षमा लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट बलराम ढकाल चयन भएका छन्।

कार्यसमितिको सदस्यहरुमा लम्जुङ उद्योग वाणिज्य संघका रामकुमार श्रेष्ठ, म्याग्दीका कुविरकुमार श्रेष्ठ र वालिङका शोभाकान्त पौडेल तथा एसोसियटतर्फ पोखरा भिलेज रिसोर्टका हरिप्रसाद शर्मा गैह्रे निर्विरोध चयन भएका छन् ।

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १२:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...