back
NMB ad

एफएनसीसीआर्इका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै उद्योग मन्त्रालयले भन्यो निजी क्षेत्रसँगै हिंड्छौं

Kumari bank ad

काठमाडौ। उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रमलार्इ सम्वोधन गर्दै उद्योगमन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा बनेको बताए।

उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलीकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग विभागमा एकद्धार प्रणाली सेवाको सुरुवातबाट भैसकेको बताए। औद्योगिक वातावरण बनाउन मन्त्रालय अहिले नीतिगत सुधारमा लागेको भन्दै मन्त्री जोशीले उद्योग प्रशासनको सेवालाई छिटो छरितो र पारदर्शी बनाउन औद्योगिकरण, सहजिकरण समिति गठन गर्ने बताए।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले उद्योग प्रशासन अहिले निजी क्षेत्र मैत्री रहेको भन्दै राष्ट्रको सम्वृद्धि बढाउने कुरामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए। महासंघकी अध्यक्ष भवानी राणाले सरकारका तर्फबाट पहिलो पटक निजी क्षेत्रको सम्मानमा कार्यक्रमको आयोजना भएको भन्दै यसले निजी क्षेत्रमा थप उर्जा मिलेको बतार्इन्। उद्योग मन्त्रालयको पछिल्लो काम कारवाहीले मूलकमा औद्यौगिक वातावरण बन्दै गएको बताउँदै अध्यक्ष राणाले विकास र सम्वृद्धिको मुद्धामा सरकार सँग सँगसँगै हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बतार्इन्।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०९:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...