Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, आश्विन ३१ , २०७४  |  
Tuesday, October 17, 2017

अब भारु ८ हजार तिरेपछि अमिताभ बच्चनको घरमा खाना खान पाइने

January 9, 2017

Amitabh-Bunglow

विश्वकै प्रभावशाली व्यक्तित्वमध्ये एक र बलिउडका मेगास्टारका रुपमा परिचित अमिताभ बच्चनको घरमा रु ८ हजार तिरेपछि खान खान पाइने भएकोछ । अमिताभ बच्चनका समर्थक मात्र नभएर बलिउडप्रेमीहरु पनि यो समाचार सुनेपछि दंग परेका छन् ।

भारतीय मिडियाहरुका अनुसार जनवरी १७ देखि २१ सम्म अमिताभको जुहूस्थित बंगला ‘प्रतिक्षा’ मा ८ हजार भारु अर्थात् १२ हजार ८ सय रुपैयाँ तिरेपछि खान खान पाइने भएको हो । यसका लागि वान स्टार पार्टी शेफको एउटा समूहले यस्तो अफर ल्याएको हो । प्रसिद्ध शेफ जेम्स सरमन र अन्य पाँच शेफको समूहले अमिताभको घरको छतमा ‘पप अप रेस्टुराँ’ खोल्न लागेको छ । खाना खानको लागि एउटा लाइनमा बस्नु पर्ने हुन्छ। र, ८ हजार बुझाएपछि एउटा टेबल बुक गर्न पाइन्छ।

२५ पुस २०७३, २।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु