back
NMB ad

फुटबल दर्शकबीच भागदौड हुँदा करिब १५ सयजना घाइते !

Kumari bank ad

इटालीको उत्तरी क्षेत्रमा अवस्थित पिएमोन्टे राज्यको राजधानी तुरिन सहरमा प्रत्यक्ष फुटबल प्रसारणे हेर्न दर्शकदिघामा बसिरहेका फुटबल प्रेमीबीच अचानक भागदौड मच्चिँदा कम्तीमा एक हजार ५०० इटालीको फुटबल टोली युभेन्टसका प्रशंसक (फ्यान) घाइते भएको यहाँको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते भएकामध्ये एक सात वर्षीय बालक र दुई जना महिला रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार इटालीको युभेन्टस र स्पेनको रियल म्याड्रिडबीच आयरल्यान्डको वेल्समा भएको ‘च्याम्पियन्स लिग’ को अन्तिम (फाइनल) खेल हेर्न ठूलो सङ्ख्यामा युभेन्टसका प्रशंसक इटालीको सान कार्लो स्क्वाएरमा जम्मा भएका बेला एक्कासीे विस्फोटको जस्तो आवाज सुनिएपछि भागदौड मच्चिएको थियो ।

italy

भागदौड के कारण भएको थियो भन्ने विषयमा कुनै निचोड नआएको बताइएको छ । भागदौडको कारण कतिपयले पटका पड्काइएको आवाज भएको बताएका छन् भने कतिपयले प्रहरी बसिरहेको बार भत्किएको जनाएका छन् ।

रङ्गशालाबाट एक्कासी दर्शक हतारिएर भाग्न थालेपछि वरपर बसेका अन्य दर्शकहरुले आतङ्ककारी आक्रमण भएको हुनसक्ने डरका कारण भागेका र भाग्ने क्रममा एकले अर्कोलाई धकेलेर भएको घटनामा ठूलो सङ्ख्यामा फुटबल प्रशंसक घाइते भएका हुन् ।शनिबारको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई ४–१ गोल अन्तरले हराउँदै १२ औँ पटक उपाधि कब्जा गर्न सफल भएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १२:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...